Friday, May 1, 2026

हरिहरपुरगढी ५ स्थित मिलनचोक गुम्बाको आज उद्धघाटन

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ५ स्थित मिलनचोक गुम्बाको आज उद्धघाटन गरिएको छ ।

२५७०औं बुद्ध जयन्तीको अवसरमा आयोजित एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले गुम्बाको उद्धघाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले भूकम्पका कारण ढलेको गुम्बा पुनः उठाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा गुम्बाको थप विकास र प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस गुम्बामार्फत धार्मिक तथा सांस्कृतिक गतिविधिहरु अगाडि बढाउन आवश्यक सहयोग र सहकार्यका लागि गाउँपालिका तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको उक्त गुम्बा हरिहरपुरगढी गाउँपालिकालगायत विभिन्न निकायको आर्थिक सहयोगमा पुननिर्माण गरिएको हो । सोही अवसरमा गुम्बामा भगवान् बुद्धको मूर्ति भित्र्याएर प्रतिस्थापाना गरिएको छ ।

मिलनचोक गुम्बा व्यवस्थापन समितिको आयोजनामा भएको उद्घाटन समारोहमा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, सबडिभिजन वन कार्यालय महेन्द्रझ्याडीका वन अधिकृत गणेश पुरी, हरिहरपुरगढी–५ का वडाध्यक्ष साइला लामा लगायतको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles