Wednesday, April 29, 2026

माछा मार्न गएका युवकको कमला खोलामा डुबेर मृत्यु

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको दुधौली नगरपालिका ४ पचरुखी स्थित कमला खोलामा डुबेर एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुरेन्द्र अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकारी सोमबार साँझ करिब ५ः३० बजे माछा मार्न भनी घरबाट निस्किएका थिए । तर अबेरसम्म पनि घर नफर्किए पछि निजका परिवार तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनी खोलाको पानीमा डुबिरहेको अवस्थामा फेला परेका डिएसपी सूवेदीले बताउनुभयो ।

उक्त घटनाको बारेमा टेलिफोनमार्फत मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय डकाहामा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जानकारी प्राप्त भए लगत्तै घटनास्थलमा प्रहरी गई आवश्यक मुचुल्का तयार पारि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Hot Topics

Related Articles