Tuesday, April 28, 2026

रातमाटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटाबाट लागू औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार बिहान करिब ९ः१५ बजेको समयमा लागू औषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका–६ का ३९ वर्षीय शंकर खड्का र कमलामाई नगरपालिका–५ का ३८ वर्षीय चन्द्र बहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सूवेदीका अनुसार प्रहरी निरीक्षक अजय कुमार कुशहवाको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने ०.९८० ग्राम पदार्थ, एक थान डिजिटल तराजु र नगद ८ हजार ३ सय ६५ रुपैयाँ बरामद गरेको हो ।

बरामद गरिएको सामानहरु सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles