Thursday, April 30, 2026

सिन्धुलीमा प्रहरीद्धारा बिभिन्न मुद्धामा फरार रहेका ५ प्रतिबादी पक्राउ

गिरिजाबाबु श्रेष्ठ (जि.वि.)

सिन्धुली – सिन्धुलीमा प्रहरीले बिभिन्न मुद्धामा फरार रहेका ५ प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत प्रहरी कार्यालयहरुबाट समेत खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका वडा नं. ५ बस्ने ५५ बर्षीय खिल बहादुर श्रेष्ठ, क.न.पा ८ का ५९ बर्षीय बुध्दीमाया पाख्रिन, तिनपाटन गाउपालिका वडा नं. १० बस्ने २५ बर्षीय दिपक तामाङ, वडा नं. ११ बस्ने ३५ बर्षीय भोज बहादुर मगर र गोलन्जोर गाउँपालिका ५ बस्ने ३५ बर्षीय भिम बहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक हरिकृष्ण के.सीका अनुसार श्रेष्ठलाई चेक अनादर मुद्धामा २०७८ असोज १३ गते पक्राउ पुर्जि जारी गरि हालसम्म लुकिछिपी बसेको अबस्थामा गत बिहिबार निजकै घर नजिक बाट पक्राउ गरिएको हो ।

साथै, तामाङ र मगरलाई बिना ईजाजत काठ ओसारपसार मुद्धामा अदालतबाट २०७८ फागुन १० गतेको फैसलाले १६ दिन कैद सँजाय फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिडिरहेको अबस्थामा क.न.पा ६ स्थित बसपार्क बाट पक्राउ गरिएको उहाले जानकारी दिनु भयो ।

यस्तै, पाख्रिनलाई किर्ते जालसाक्षी मुद्धामा अदालतबाट २०६४ बैशाक १३ गतेकोे फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा सोमबार क.न.पा ६ स्थित बसपार्क बाट र थापा लाई लागुऔषध मुद्धामा अदालतबाट २०७२ चैत २६ गतेकोे फैसला भई हाल सम्म फरार रही लुकिछिपी बसेको अबस्थामा हिजो शुक्रबार निजकै घर नजिक बाट पक्राउ गरिएको हो ।

Hot Topics

Related Articles