Sunday, April 26, 2026

गोलन्जोरमा ग्यास लिक भएर आगलागी, दुई जना घाइते

सिन्धुली – किचनमा ग्यास बाल्ने क्रममा ग्यास लिक भई आगलागी हुँदा सिन्धुलीको गोलन्जोरमा २ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब ३ बजेको समयमा जिल्लाको गोलन्जोर गाउँपालिका ७ स्थित दमाईडाँडा बस्ने ३७ वर्षीय बिनिता बि.क.को घरमा १२ को परिक्षा दिन कोठा भाडामा बसेकी गोलन्जोर ३ पात्लेकी २० वर्षीय टिका कुमारी बि.क.ले आफ्नो किचनमा ग्यास बाल्ने क्रममा ग्यास लिक भई आगोलागी भएको हो ।

अचानक ग्यास लिक भई आगोलागि हुँदा कोठाभाडामा बस्ने टिका कुमारी र घरबेटी बिनिता दुबै जनाको हात र अनुहार जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले बताउनुभयो । घटनापछि तत्काल दुवै जनालाई उपचारको लागि खुर्कोटस्थित शुभजीवन अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको डिएसपी सूवेकीको भनाई छ ।

Hot Topics

Related Articles