Wednesday, April 29, 2026

विश्वव्यापी आवधिक समिक्षा सम्बन्धि बागमती प्रदेश स्तरिय कार्यशाला गोष्ठी सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको विश्वव्यापी आवधिक समिक्षा सम्बन्धि बागमती प्रदेश स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रम आज हेटौडामा सम्पन्न भएको हो ।

कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीको अध्यक्षता तथा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आथित्यतामा भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले मानव अधिकार संरक्षणको लागि संसद्, सरकार र नागरिक समाज विच सहकार्य हुनुपर्ने बताउनुभयो । यस्तै, कोभिड १९ महामारी पश्चात मानव अधिकार आयोगले सिमान्तकृत, गरिविको रेखामुनि रहेका समुदायको अधिकारको प्रत्याभुतिमा सरकारले विषेश कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सिन्धुली जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा स्वाधिन खबर पत्रिकाका प्रधान सम्पादक रुद्र बहादुर खड्काले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगक बागमती प्रदेश प्रमुख यज्ञ प्रसाद अधिकारी, सहसचिव दिपक जंगध्वज कार्की, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल, मानव अधिकार आयोगका लोकनाथ घिमिरे सहितले विविध विषयमा प्रस्तुति दिनुका साथै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका मानव अधिकार कर्मि, पत्रकार, सुरक्षा निकायका प्रमुख लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles