Thursday, April 30, 2026

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीद्धारा कमलामाई नगरपालिका – ५ मा सन्तोष पाख्रिनको अध्यक्षतामा ६८ सदस्यीय वडा कमिटि गठन

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले आज कमलामाई नगरपालिका वडा नम्बर ५ मा सन्तोष पाख्रिनको अध्यक्षतामा ६८ सदस्यीय वडा कमिटि गठन गरेको छ । भेलाबाट उपाध्यक्षमा गोपाल कार्की, सचिब सुमन श्रेष्ठ, सह सचिब मिलन कुमार भुजेल, कोषाध्यक्ष अम्बिका बैध लगाएत ६८ सदस्यीय वडा कमिति गठन गरेको हो ।


नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज उमा कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष देबराज वाईबा, नेकपा एमाले जिल्ला कमिटि सह सचिब महेन्द्र देब श्रेष्ठ , राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण पाख्रिन ,एमालेका जिल्ला कमिटि सदस्य हरि अधिकारी , गणेश श्रेष्ठ ,केशर नेपाली ,राष्ट्रिय खेलकुद महासंघ जिल्ला अध्यक्ष गोकर्ण भुजेल , सचिब मिलन देब मोक्तान, राष्ट्रिय युवा संघ जिल्ला सदस्य सुद्रिस सागर मोक्तान लागाएत स्थानीय युवा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । नब गठित कार्यसमितिलाई कार्यक्रमको प्रमुख अतिथि, विशिष्ठ अतिथि लगाएत अतिथिहरुले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Hot Topics

Related Articles