काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पुत्रीलाभ भएको छ ।

साह पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

सुत्केरी व्यथा लागेपछि सविनालाई शनिबार राति अस्पताल लैजाँदै गर्दा कोटेश्वरमा ट्राफिक प्रहरीले उनी सवार महानगरपालिकाको गाडी रोकेपछि बालेनले सिंहदरबार जलाउने धम्की दिएका थिए ।


