Friday, May 1, 2026

तिनपाटन गाँउपालिकामा बिश्व आत्महत्या रोकथाम दिबस मनाईयो

सिन्धुली – आशा जगाँऔ, जिबन बचाँऔ भन्ने मुल नाराका साथ आज तिनपाटन गाँउपालिकाको आयोजनामा बिश्व आत्महत्या रोकथाम दिबस मनाएको छ ।

तिनपाटन गाँउपालिका वडा नम्बर ११ को वडा अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता , तिनपाटन गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामि अशोक को प्रमुख आतिथ्यता र वडानम्बर १० को वडा अध्यक्ष पुण्यहरि भुजेलको बिशेस आतिथ्यता र बिभिन्न सरोकारवाला निकायका ब्यक्ति स्वास्थ्य शाखा प्रमुख लगाएत स्वास्थ्यकर्मिहरुको उपस्थितिमा बिहान तिनपाटन गाउँपालिका कार्यालयबाट बिहान विशेष र्‍यालि सहित बिभिन्न प्ले कार्ड बोकि आत्महत्या रोकथाममा सबैको सहकार्य भन्दै र्‍यालिको आयोजना गरिएको हो ।

चकमके बजार परिक्रमा गरि र्‍यालि कोण सभामा परिणत भएको थियो । सोहि क्रममा क्यान्डिल बालेर कार्यक्रमको उद्घाटन गरि आत्महत्या गर्नेहरुको सम्झना गरिएको थियो । साथै स्थानिय तहले आत्महत्या रोकथामको लागि के गर्न सक्दछ भन्ने बिसयमा छलफल भएको थियो ।

कार्यक्रममा स्वास्थ्य प्रमुख रितेस गिरिले आत्महत्या रोकथाम गर्ने विषयमा जानकारि दिनु भयो भने गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामि असोक ले गाँउपालिकाको आत्माहत्या रोकथाम गर्न पालिकाले विशेष योजना बनाइ समन्वय गर्ने र सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रम समापन वडानम्बर ११ को वडा अध्यक्ष तिलक बहादुर बस्नेत ले गर्नु भयो । मनोपरामर्शकर्ता पोष्टराज भण्डारिले सन्चालन गर्नभएको कार्यक्रममा कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles