Thursday, April 30, 2026

गोलन्जोरामा निशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ बाशेश्वर प्राथमिक विद्यालय वलेनीमा शिविर संचालन हुन लागेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन हुन लागेको शिविरमा पशु बन्ध्याकरण सेवा, कृतिम गर्भधारण सेवा, आन्तरिक बाह्य परजीवी नियन्त्रण, कुकुरहरुमा रेबिज विरुद्धको खोप, पि.पि.आर खोरेते विरुद्धको खोप, पशुहरुमा हुने बाझाँेपन निराकरण र बिशेषज्ञ परार्मश लगायतका सेवाहरु उपलब्ध हुने छ ।

शिविर असोज ३ गते सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म संचालन हुने भएकाले गाउँपालिकाका सम्पुर्ण कृषकलाई शिविरमा उपस्थित भई मौकाको फाईदा उठाउन गाउँपालिकाको पशु स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

Hot Topics

Related Articles