Thursday, April 30, 2026

कमलामाई नगरपालिका ४ देउरालीमा प्रतिक्षालय उद्घाटन

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ देउरालीमा प्रतिक्षालयको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रका बिच वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले प्रतिक्षालयको उद्घाटन गर्नु भएको हो ।

प्रतिक्षालय वडा कार्यालयको ३ लाख, स्वार्गीय लिलानाथ ढकालको सम्झनामा नाती ज्योत्सल ढकालको २५ हजार र स्वार्गीय योगेन्द्र सापकोटाको सम्झनामा छोरा देबेन्द्र सापकोटाको २५ हजार सहयोगबाट कुल ३ लाख ५० पचास हजार लागतमा निमार्ण भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष महेन्द्र प्रसाद ढकालले “कनपा ४ मा रोकिएका बिकासका अधुरा कामले अब छिटै गति लिने बताउँनु भयो ।”

साथै, उहाँले “वडा भित्रका सबै गाउँमा टयाक्टर र एम्बुलेन्स जाने बाटो पु¥याउँने प्रतिबद्ता पनि व्यक्त गर्नु भएको छ ।”

यस्तै, “ढकाल गाउँ र ढाडेका आर्थिक अबस्था कमजोर भएका नागरिकलाई नगरपालिकाको बिद्युत शाखामा मिटर आउँने बित्तिकै, पैसा तिरेर बत्ती बाल्न नसक्ने २२ घर धुरीलाई आफै व्यक्तिगत पैसाले मिटर किनिदिएर अध्यारोबाट मुक्त बनाउँने बताउँनु भयो ।”

प्रतिक्षालय उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो

Hot Topics

Related Articles