Friday, May 1, 2026

मरिण गाउँपालिकाले गाउँपालिका भित्र स्थायी बासोबास गर्ने नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने

सिन्धुली- सिन्धुलीको मरिण गाउँपलिकाले गाउँपालिका भित्र स्थायी बासोबास गर्ने नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

६० बर्ष उमेर पूरा भई ६९ बर्ष ननाघेका जेष्ठ नागरिक, द्धन्द्ध पीडित, अनाथ, असहाय, अपाङगता भएका व्यक्ति र एकल तथा गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य बिमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार निशुल्क स्वास्थ्य बिमा गर्नका लागी गाउँपालिकाको स्थायी बासिन्दा खुल्ने नेपाली नागरिकताको राष्ट्रिय परिचय पत्र वा विवाहित महिलाको हकमा गाउँपालिकाको स्थायी बासी पुरुष सँग विवाह भएको खुल्ने विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र द्धन्द्ध पीडित, अनाथ, असहाय, अपाङगता भएका व्यक्ति र एकल तथा गर्भवती महिलाहरुको हकमा उक्त प्रमाण खुल्ने कागजातहरु एंव वडाको सिफारिस पत्र लिई असोज १२ गतेभित्र गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नु पर्ने छ ।

Hot Topics

Related Articles