सिन्धुली – सिन्धुलीमा अटोले ठक्कर दिदाँ एक महिला घाईते भएका छन् । शनिबार मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ४ धुरा बजारमा मरिणबाट सिन्धुली तर्फ आउदै गरेको बा.प्र. ०७–००१ ह ००३७ नं. को अटोले ठक्कर दिदाँ पैदलयात्री घाइते भएका हुन् ।

घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ४ बस्ने ४५ वर्षीय भोजमाया श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उनी सोही दिशामा हिडिरहेकी थिन् । दुर्घटनामा उनको दाहिने गाला,दाहिने कानमा चोट लागी रगत बगिरहेको हुदाँ निजलाई जिल्ला अस्पताल सिन्धुलीमा ल्याई गरिएको सामान्य उपचार पश्चात् थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको सुवेदीले बताउनुभयो ।

हाल अटो र अटो चालक सिन्धुलीको मरिण गाउँपालिका ७ का ४० वर्षीय भोज बहादुर बैजुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको भनाई छ ।


