सिन्धुली– सिन्धुलीमा स्रोत नखुलेको १५ लाख रकम सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार मदन भण्डारी राजमार्ग अन्तरर्गत जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ झनझने चेकपोष्ट अगाडि सिन्धुलीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको केआइए कम्पनीको सानो कार रोकी चेकजाचँ गर्ने क्रममा पछाडी राखिएको टायर भित्र लुकाईछिपाई राखेको स्रोत नखुलेको १५ लाख नगद प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा कार चालक काठमाडौँ महानगरपालिका ३१ का २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका २ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चिनियाँ नागरिक ३२ वर्षीय सियोङ चाङ्ग्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो । हाल बरामद गरिएको नगद, गाडी सहित चारैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।


