Friday, April 17, 2026

सिन्धुलीका नन्दलाल श्रेष्ठको लोकदोहोरी गित ‘मोबाइलको कमाल’ सार्वजनिक

सिन्धुली – राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठ ‘भावुक’ को ‘मोबाइलको कमाल’ सार्वजनिक भएको छ । आफ्नै शब्द, आवाज र अभिनयमा रहेको श्रेष्ठको उक्त गितको भिडियो शुक्रबार सुनाखरी मल्टिमिडिया नामक युटुब च्यानल मार्फत सावजनिक भएको हो ।

गायक श्रेष्ठ संगसंगै गायिका प्रतिभा अर्यालको स्वरमा समेत सजिएको ‘मोबाइलको कमाल’ गितको लय भने डिल्ली काफ्लेको रहेको छ । सो गितको एरेन्ज आरके मिलनले गर्नुभएको छ भने गितको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन साथै कोरियोग्राफर गर्नुभएको छ । यसैगरि गितको भिडियोमा नन्दलाल श्रेष्ठ, गीता ढुङ्गाना र शिशिर बुढाथोकीको अभिनय रहेको छ ।

यस गित सार्वजनिक हुनु अगावै गायक श्रेष्ठले आज सिन्धुलीमाढीमा प्रिमियर सो गर्दै मोबाइलको राम्रो र नराम्रो दुबै पक्ष रहेको र राम्ररी प्रयोग गर्न जाने यसले हरेक कुरामा सहजता प्रदान गर्ने धारणा व्यक्त गर्नुभएको छ । साथै उहाँले गितको भिडियो विभिन्न प्लेटफर्म मार्फत आउने जानकारी समेत दिनुभएको छ ।

Hot Topics

Related Articles