Thursday, April 30, 2026

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ हाकपारामा वृक्षारोपण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ हाकपारामा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय मरिण सिन्धुली र हरियाली वन विकास सामुदायिक वन उपभोक्ता समुह हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ को सयुक्त आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि अमला र तेजपातको ११ हजार २ सय वटा, आप, लिचि, रुख कटहरको २ हजार ४० वटा गरि जम्मा १३ हजार २ सय ४० वटा बिभिन्न जातका बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । बागमती प्रदेश सरकारको ५१ लाख लागतमा १७.३० हेक्टर जग्गामा बिरुवा रोपिएको हो ।

डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको अध्यक्षता, बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यता, बागमती प्रदेश सिन्धुलीका सांसद बुद्धिमान माझी ९वसन्त०को बिशिष्ट आतिथ्यता भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख कार्साङ लामा, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव यज्ञनाथ दाहाल, बागमती प्रदेश सभा सदस्य बिनोद कुमार खड्का, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबा लगायत अन्य स्थानीय बुद्धिजीबी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles