Friday, April 17, 2026

सिन्धुलीमा ईभी र मोटरसाइकल दुर्घटना हुदाँ १ को मृत्यु १० घाइते

सिन्धुली – सिन्धुलीमा मोटरसाइकल र ईभी गाडी ठोक्किदाँ १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मदनभण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको दुधौली नगरपालिका ४ एकहटियामा बिहिबार विहान ८ ः २० बजेको समयमा उदयपुर बाट काठमाडौं तर्फ जाँदै गरेको बा–प्र ०३–०१–४४५ नं को ईभी गाडी र डकाहा बाट दुधौली तर्फ जाँदै गरेको प्र २–००१–प ७०११ नं मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुलीको तीनपाटन गाउँपालिका १० का २६ वर्षिय प्रेम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परि टाउको, पेट र दायाँ खुट्टामा चोट लागि गम्भीर घाइते भएका रानाको नगर अस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै ईभी गाडीमा सवार उदयपुरको त्रियुगा नगरपालिका ११ का ४३ वर्षिय रुक्मा बस्नेत, रौतामाई गाउँपालिका २ की १७ बर्षिय योन्जन खड्का, त्रियुगा नगरपालिका १० की ७० वर्षिय शकुन्तला बस्नेत, सोहि स्थानकी १६ वर्षिय आकृती खड्का, ३५ वर्षिय तारा विक, ३७ वर्षिय बिन्दा कटुवाल, ६ वर्षिय सिजु राउत, लालपत्ता गाउँपालिका ६ की २९ वर्षिय रोशनी माया तामाङ, र सिन्धुलीको दुधौली नगरपालिका ८ कि ४८ वर्षिय चुडा कुमारी मिश्र घाइते भएका छन् ।

घाइते मध्ये रोशनी माया तामाङलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको र अन्य घाइतेहरुको नगर अस्पताल सिर्थौलीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा सामान्य घाइते भएका ईभी गाडी चालक त्रियुगा नगरपालिका ६ का ३८ वर्षिय बिरेन्द्र कुमारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles