सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ करकरेमा सञ्चालन भएको एकदिने निशुल्क दन्त शिविरबाट ९० जना लाभान्वित भएका छन् ।

रोट्रयाक क्लब अफ सिन्धुलीगढी र रोट्रयाक क्लब अफ कान्तिपुर डेन्टल कलेजको संयुक्त आयोजना तथा कमलामाई नगरपालिका ८ नम्बर वडा कार्यलय करकरे र श्री कमला माध्यमिक विद्यालय माईस्थान करकरेको सहयोगमा शनिबार एकदिने निशुल्क दन्त शिविर सञ्चालन भएको हो ।

दन्त शिविरबाट स्क्रिनिंग, दाँत भर्ने, दाँत निकाल्ने लगायतको सेवाहरु प्रदान गरिएको रोट्रयाक क्लब अफ सिन्धुलीगढीका निवर्तमान अध्यक्ष मिलन कुमार भण्डारीले जानकारी दिनुभयो । सेवा प्रदान गरे संगै दाँत सम्बन्धि जटिल समस्या देखिएका बिरामीहरुलाई आजै रिफर गरिएको निवर्तमान अध्यक्ष भण्डारीले बताउनुभयो ।

रोट्रयाक सामाजिक कार्यहरुमा अग्रसर भएको सामाजिक क्लब हो ।


