सिन्धुली – सिन्धुलीमा लागु औषध सहित दुईजना पक्राउ परेका छन् । शुक्रबार बीपि राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबासको संयुक्त टोलीले बिराटनगरबाट काठमाडाँै तर्फ जादै गरेको बा ५ ख ७२६ नम्बरको हायसबाट लागु औषध सहित प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको हो ।

चेकजाचँ गर्ने क्रममा हायसमा सवार काठमाडौँ महानगरपालिका १६ का ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगरले लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोईन जस्तो देखिने १५.८३० ग्राम गिलो पदार्थ प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।


