Saturday, May 2, 2026

भोलि हरितालिका तिजको अवसरमा सिन्धुलीमाढिमा तीज विशेष कार्यक्रम हुने

सिन्धुली- भोलि सोमबार हरितालिका तिजको अवसरमा सिन्धुलीमाढिमा तीज विशेष कार्यक्रम हुने भएको छ । एन सि एल को आयोजना र कला घर सिन्धुलीको प्रस्तुतीमा सिन्धुलीको खुल्ला मन्चमा कार्यक्रम हुन लागेको हो ।

भोली सोमबार तिज विशेष साँस्कृतिक कार्यक्रममा कला घर सिन्धुलीका कलाकारहरुले तिज विशेष दुई वटा गीती नाटक , नाटकमा भड्कीलो दर खाने चलन, गरिविको पिडा, नयाँ पुस्ताले बुझेको अभद्र संस्कृती, महिला दिदि बहिनीहरु विदेशिनुको पिडा, जाँडरक्सी खाएपछि परिवारमा हुने समस्या लगाएतका विषय बस्तुमा केन्द्रीत रहेर नाटक प्रस्तुत गरिने कलाघर सिन्धुलीका संयोजक नेपालि बाबु सुमनले जानकारी दिनुभयो ।

साथै नृत्यमा तिज विशेष तथा हास्यब्याङग्य साथै टुक्का र दोहोरीको प्रस्तुती रहनेछ । कार्यक्रममा सहभागि दर्शकहरुलाई विभिन्न विधामा एन सि एलको तर्फबाट उपहार समेत प्रदान गरिने छ । कार्यक्रम भोलि सोमबार हरितालिका तिजको दिन सिन्धुलीमाढिको खुल्ला मन्चमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

Hot Topics

Related Articles