सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिका का किसानहरुलाई बिऊ बोका तथा पाठी वितरण गरिएको छ । हाम्रो प्रयास नेपाल सिन्धुलिको सहजिकरणमा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी विकास परियोजना अन्तर्गत नश्ल सुधार कार्यक्रम अन्तर्गत किसानहलाई बिउ बोका तथा पाठी वितरण गरिएको हो ।

तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर १० र ११ मा रहेको उपहार समूहका २४ जना सदस्यहरुलाई बिउ पाठी र ४ जना सदस्यहरलाई बिऊ बोका उपलब्ध गराइएको छ ।

तीनपाटन गाँउपालिका अध्यक्ष कर्ण बाहादुर थापा मगरको अध्यक्षतमा भएको वितरण कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी समुहका सदस्य लगायतको उपस्थिती रहेको थियो ।


