सिन्धुली- सिन्धुलीमा शनिबार बाल महोत्सब २०८२ कार्यक्रमको आयोजना गरिएकोे छ । बाल महोत्सबमा चित्रकला, नृत्य, हाजिरिजवाफ पतियोगीता , उद्घोषण कला लगाएतका कार्यक्रम गरिएको थियो । चित्रकालामा उत्कृष्ट सिदान्त पाख्रिन हुनुभएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ५ मा अवस्थित स्वर्णिम सहकारीले आफ्ना बाल बचत सदस्यहरुको लागि सो कार्यक्रमको आयोजना गरिएको सहकारीका प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा सहकारीको हालको वित्तिय अवस्था , सहकारीमा बचतको प्रकार, बचत किन गर्ने लगाएतको विषयमा जानकारी गराईएको थियो ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता कमलामाई नगरपालिका सहकारी शाखा प्रमुख मुकेश तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीका सन्चालक समितिका पदाधिकारीहरु, बालबालिका, अभिभावक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सहकारीका प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो ।


