Friday, April 17, 2026

तीनपाटनमा दोस्रो अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन हुदैँ

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तीनपाटन गाउँपालिकाको आयोजनामा बैशाख २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

३ दिन सम्म गाउँपालिकाको सदरमुकाम चकमकेमा सञ्चालन हुने पुरुष तथा महिलातर्फको भलिबल प्रतियोगितामा जिल्लाको ९ वटै पालिकाहरुको सहभागिता रहने तीनपाटनका खेलकुद संयोजक बिष्णु स्याङ्गतानले जानकारी दिनुभयो । प्रत्येक पालिकाले एक टिम मात्र सहभागी गराउन पाउने र खेलाडीहरु सम्बन्धित पालिकाकै हुनुपर्ने अन्यथा सहभागी टिम स्वतः खारेज हुने छ । प्रतियोगितामा सहभागिता जनाउन नगद रु ३ हजार दर्ता शुल्क लाग्ने र वैशाख १७ गतेसम्म टिम दर्ता गराइ सक्नु पर्ने खेलकुद संयोजक स्याङ्गतानले जानकारी दिनुभयो ।

गाउँपालिका खेलकुद समितिको सहजीकरणमा सञ्चालन हुने  महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु १ लाख १ हजार, ५१ हजार र ३१ हजार नगदका साथै शिल्ड तथा मेडल सहित पुरस्कृत गरिने आयोजक टिमले जनाएको छ ।

Hot Topics

Related Articles