Thursday, April 30, 2026

तीनपाटन गाउँपालिकाका विद्यालयहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन

तीनपाटन गाउँपालिकाका विद्यालयहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन गरिएको छ । कोभिड १९ को प्रभाव न्युन देखिएको र लामो समय देखि भौतिक उपस्थितिमा पठनपाठन नहुँदा विद्यार्थीहरुको सिकाईमा प्रत्यक्ष प्रभाव परेकाले गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा संचालन गरिएको गाउँपालिकाले जनाकारी दिएको छ ।
जिल्ला प्रशासन कार्याविधि २०७८ बमोजिम सफ्ट लकडाउनको अवस्था देखिएको हुँदा सबै शैक्षिक संस्थाहरुको कक्षाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड माक्स, सेनिटाईजर, भौतिक दुरि अनिवार्य पालना गर्दै प्रत्यक कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरि आलोपालो वा सिफ्ट समेतको उपयुक्त बैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा संचालन गर्न स्वीकृत प्राप्त भएको गाउँपालिकाले जानकारी दिएको छ ।
सोहि अनुसार तीनपाटन गाउँपालिका क्षेत्र भित्रका सम्पुर्ण विद्याालयका कक्षाहरु बिहिबार बाट विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन गरि पठनपाठन कार्य नियमित गराउनुहुन सबै विद्यालयलाई गाउँपालिकाले अनुरोध गरिएको छ ।

Hot Topics

Related Articles