Friday, April 17, 2026

ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिदाँ २ को मृत्यु ४ जना घाइते

सिन्धुली – सिन्धुलीमा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार करिब मध्यान्ह १२ः १५ बजेको समयमा मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा भिमानबाट दुधौली तर्फ जादै गरेको प्र.१–०२–००२ ख ४११ नम्बरको ट्रकले विपरीत स्थानबाट आउदै गरेको प्र.२–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल र सोहि स्थानबाट आउदै गरेको म.प्र.०२–००६प ५८४१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा सिन्धुलीको दुधौली नगरपालिका ११ टाडी बस्ने ३४ वर्षीय राम कुमार कुमर र दुधौली नगरपालिका ३ का २५ वर्षीय फुल बाबु धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो । दुई जनाको दुधौली अस्पताल सिर्थौलीमा उपचारको क्रममा दिउँसो १ः३० बजेको समयमा मृत्यु भएको उहाँको भनाई छ ।

यसैगरि दुर्घटनामा घाइते हुनेहरुमा दुधौली नगरपालिका ३ बस्ने २६ वर्षीय विप्लभ धामी, दुधौली ३ का २७ वर्षीय बुद्धि थारु, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन् । सुवेदीका अनुसार घाइते हुनेहरु मध्ये तीन जनाको अवस्था भने गम्भिर रहेको छ । ट्रक र मोटरसाइकलहरु एकआपसमा ठक्कर खादाँ ५८४१ नम्बरको मोटरसाइकलमा आगोलाग्न पुगि पुर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ ।

हाल ट्रक र ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का २५ वर्षीय शेर बहादुर विष्टलाई इलाका प्रहरी कार्यालयले डकाहले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको भनाई छ ।

Hot Topics

Related Articles