Thursday, April 30, 2026

घ्याङलेख गाउँपालिकाले दीर्घरोगीहरुलाई औषधि उपचार बापत ५ हजार उपलब्ध गराउँने

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिंंकाले दीर्घरोगीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउँने भएको छ ।

गाउँपालिका भित्रका वडाहरुमा विरामी भई उपचार गराईरहेका मृर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीहरुलाई मासिक ५ हजारका दरले औषधि उपचार वापत खर्च उपलब्ध गराउँन लागेको गाउँपालिकाले जनाएको छ ।

विरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउँने सम्बन्धी कार्यविधि २०७८ बमोजिम उपचार बापत पाउने खर्चका लागी नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्यन्त्रबाट बसाई सरी आएको हकमा बसाई सराइ प्रमाणपत्रको प्रतिलिपि, कार्यबिधिको अनुसूची १ प्रमाणित गर्न उपचार भईरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएको कागजपत्रको प्रतिलिपि, मेरुढण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी रातो र निलो परिचयपत्रको प्रतिलिपि र नेपाल एसबिआई बैक लिमिटेडको खाता भएको चेकको प्रतिलिपि लिई गाउँपालिकाको वडा कार्यालयमा अनुसूची २ बमोजिमको निबेदन पेश गर्नु पर्ने छ ।

Hot Topics

Related Articles