सिन्धुली – स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले सदस्य शिक्षा कार्यक्रम गरेको छ । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले संस्थासंग जोडिएका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि बुधबार कार्यक्रम सञ्चाल गरेको हो ।

संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सहकारी शिक्षा र मोबाइल बैंकिङ लगायतका विषयहरुमा परामर्श तथा प्रशिक्षण गराइएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका ४५ जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाले अहिलेसम्म गरेको कार्यभारका साथै विभिन्न समसामयिक विषयमा पनि छलफल तथा जानकारी गराइएको अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले एकदिने सदस्य शिक्षा कार्यक्रममा सदस्यहरुको उल्लेखीय उपस्थिती रहेको बताउनुदैँ उपस्थितीको लागि सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ ।


