सिन्धुली – सिन्धुलीमा सुमोले ठक्कर दिँदा एक बालक गम्भिर घाइते भएका छन् । आइतबार मध्याहन्न १२ बजेको समयमा मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गत जिल्लाको गोलन्जोर गाउँपालिका ३ लामसोतीमा सोलुबाट काठमाण्डौतर्फ जादैँ गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले सडकमा हिडिरहेको बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

सूवेदीका अनुसार सुमोको ठक्करबाट गम्भिर घाइते हुनेमा जिल्लाको गोलन्जोर गाउँपालिका २ का ठाकुर बयलकोटीको ८/९ वर्षीय अषिक बयलकोटी रहेका छन् । बयलकोटीको टाउकोमा चोट लागी अवस्था गम्भिर रहेको छ । दुर्घटना भए लगत्तै घाइतेलाई स्थानिय गोलन्जोर आधारभुत अस्पताल लगिएको उहाँको भनाई छ ।

हाल सुमो र सुमो चालक सोलुखुम्बु नेचसल्यान गाउँपालिका २ बस्ने २७ वर्षीय गोपाल भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीको अनुसार गम्भिर घाइते बयलकोटीको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।


