सिन्धुली – सिन्धुलीमा बाल्टिनमा डुबि एक शिशुको मृत्यु भएको छ । बुधबार बिहान ८ बजेको समयमा जिल्लाको मरिण गाउँपालिका २ शिखर तीनघर बस्ने अक्कल बहादुर वाईबाका ९/१० महिनाको छोरा सुक्के वाईबाको बाल्टिनमा डुबि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीेले जानकारी दिनुभयो ।

कपडा धुनलाई बाल्टिनमा राखिएको पानीमा डुबेर घाइते भएका शिशुलाई तुरुन्तै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पु¥याइएको थियो । तर वाईबाको बिहान ११ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सूवेदीको भनाई छ । हाल घटनाबारे आवश्यक अनुसन्धान साथै कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


