सिन्धुली – सिन्धुलीमा चट्याङ लागेर एक जना घाईते भएका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ बडरेमा बस्ने केनम सिंह गोलेको छोरा १९ वर्षीय मनराज गोले सोमबार अपाराहन्न ४ बजेर ४० मिनेटको समयमा चट्याङ लागेर घाइते भएका हुन् ।

घाईतेको स्थानिय स्वाथ्यचौकी बडरेमा उपचार भईरहेको र थप उपचारको लागी हेटौडा पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाईतेको स्वास्थ्य अवस्था भने मध्यम रहेको छ ।

साथै यसै चट्याङमा परि निजको एक बाख्राको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ ।


