सिन्धुली – सिन्धुलीमा कारले ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । मंगलबार मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ८ खोरभन्ज्याङमा कटारीबाट डकाहातर्फ आउदै गरेको बिएबि ०१८८ नम्बरको कारले ठक्कर दिदाँ दुधौली ७ चिहानडाँडा बस्ने गंगाराम सदाको छोरा १० वर्षीय मन्देश सदाको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भिर घाइते भएका सदाको बाँया खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो । दुर्घटना लगत्तै उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौलीमा लगिएको सदाको उपचारको क्रममा १२ बजरे ५ मिनेटको समय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताउनुभयो ।

कार र चालक संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर १० घर भएका ३४ वर्षीय राम कुमार राईलाई तत्कालै थप अनुसन्धानका साथै आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।


