Friday, April 17, 2026

रुखबाट लडेर सिन्धुलीमा एकको मृत्यु

सिन्धुली – रुखबाट लडेर सिन्धुलीमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तीनपाटन गाउँपालिका वडा नम्बर २ सखाजोरका ३५ वर्षिय तोरण बहादुर रुखालको शनिबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

घरबाट घाँस काट्न जान्छु भनि हिडेका रुखाल घर नफर्किए पछि स्थानियले खोजिगर्दा घरबाट १ किलोमिटर अगाडि मुङ्ग्रेमाडी जंगलमा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ । रुखाल मृत फेला भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलघारीबाट प्रहरी नायब निरिक्षक बसन्त कुमार यादवको कमाण्डको टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाको कमाण्डमा मुचुल्का सहितको टोली खटि घटना सम्बन्धि थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ

Hot Topics

Related Articles