Wednesday, May 20, 2026

सामाजिक सञ्जालमा फैलिएका भ्रमबारे आशिष गजुरेलको स्पष्टिकरण

सिन्धुली – सामाजिक सञ्जालमार्फत आधिकारिक सम्पर्क व्यक्तिको विषयमा विभिन्न भ्रामक समाचार तथा अभिव्यक्तिहरु सार्वजनिक हुन थालेपछि आशिष गजुरेलले आफ्नो आधिकारिक सम्पर्क व्यक्तिबारे स्पष्टिकरण दिनुभएको छ ।

प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति गजुरेलले नारायण प्रसाद पहाडी (पोखरेल) लाई आफ्नो प्रमुख स्वकीय सचिव तथा आधिकारिक सम्पर्क व्यक्तिका रूपमा चयन गरिएको जानकारी दिनुभएको हो ।

बैशाख ७ गते जारी गरिएको सूचना अनुसार निर्वाचन क्षेत्रभित्र सञ्चालन हुने योजना, विकास निर्माण तथा सार्वजनिक सरोकारका विषयहरुको समन्वय, जनगुनासो संकलन तथा समाधान प्रक्रिया सहज बनाउने र जनतासँग प्रत्यक्ष सम्पर्क तथा सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले पहाडीलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

पालिका आवाजसँगको संवादमा गजुरेल पक्षले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै नारायण प्रसाद पहाडी (पोखरेल) नै आधिकारिक सम्पर्क व्यक्ति रहेको स्पष्ट पारेको छ । साथै निर्वाचन क्षेत्र नं. २ का मतदाता तथा सरोकारवालालाई आवश्यक समन्वय, सुझाव तथा जानकारीका लागि तोकिएको व्यक्तिसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।

Hot Topics

Related Articles