Friday, April 17, 2026

रोट्रयाक क्लब अफ सिन्धुलीगढीद्धारा कमलामाई भित्रका ५० वटा सामुदायिक कुकुरहरुको उपचार

सिन्धुली – रोट्रयाक क्लब अफ सिन्धुलीगढीले कमलामाई नगरपालिका भित्रका ५० वटा सामुदायिक कुकुरहरुको उपचार संगै रेबिजको भ्याक्सिन लगाएको छ ।

‘ग्लो एण्ड ग्रो, प्रोटेक्ट आवर स्टी«क डग’ प्रोजेक्टको नारा सहित चैत २० र २१ गते जिल्लाको कमलामाई नगरपालिकाका सामुदायिक कुकुरहरुलाई रेबिजको भ्याक्सिन, घाइते कुकुरलाई उपचार, लुतोको औषधी र रिफ्लेक्टिक बेल्ट लगाइदिएको रोट्रयाक क्लब अफ सिन्धुलीगढीका पूर्व अध्यक्ष सुदर्शन साहिले जानकारी दिनुभयो । उहाँको अनुसार रोट्रयाक क्लब अफ सिन्धुलीगढीको आयोजना तथा अल फर पजको प्राविधिक सहयोग र कमलामाई नगरपालिकाको सहजीकरणमा दुई दिनसम्म नगरपालिका अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो ।

रातीको समय चल्ने सवारी साधनहरुले सडकमा सुतेका कुकुरहरु नदेख्नाले गाडीले ठक्कर दिई घाइते हुने जस्ता समस्या तथा दुर्घटनालाई न्यूनिकरण गर्ने, साथै घाइते कुकुरहरुलाई उचार गर्ने र पैदलयात्रीहरुलाई पनि सुरक्षित गराउने उदेश्यका साथ रोट्रयाक क्लब अफ सिन्धुलीगढीले आफ्नो विशेष परियोजना अन्तर्गत कुकुहरुलाई रेबिजको भ्याक्सिन, घाइते कुकुरलाई उपचार, लुतोको औषधी र रिफ्लेक्टिक बेल्ट लगाइदिएको रोट्रयाक क्लब अफ सिन्धुलीगढीका पूर्व अध्यक्ष साहिले जानकारी दिनुभयो ।

पूर्व अध्यक्ष साहिले रोट्रयाक क्लब अफ सिन्धुलीगढीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै खाल्को अभियानहरु सञ्चालन गर्दै सामाजिक कार्यमा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै रोट्रयाक क्लब अफ सिन्धुलीगढीले गरेको यस कामको प्रशंसा गर्नुहुँदै सिन्धुलीको कमलामाई नगरपालिका ४ निबासी किरण शेर्पाले कुकुरको डर नमानि निर्धक्क हिड्न सकिने भन्दै खुशी व्यक्त गर्नुभयो ।

Hot Topics

Related Articles