Friday, April 17, 2026

क्रेनले रड उचाल्ने क्रममा डोरी चुड्डिएर लाग्दा मरिणमा चिनियाँ नागरिक गम्भिर घाइते

सिन्धुली – क्रेनले रड उचाल्ने क्रममा डोरी चुड्डिएर टुचनले लाग्दा सिन्धुलीको मरिण गाउँपालिकामा एक जना चिनियाँ नागरिक गम्भिर घाइते भएका छन् ।

आइतबार साँझ ६ः३० बजेको समयमा जिल्लाको मरिण गाउँपालिका ४ सहन स्थित हिमालयन फुड चाइनिज कम्पनीमा बा ३ क ३६८९ नम्बरको क्रेनले रड उचाली रहेको अवस्थामा डोरी चुड्डिएर टुचनले लाग्दा चिनको नाइनिजका नागरिक ३९ वर्षिय वाङसिन गम्भिर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीका अनुसार टाउको, दाहिने कानको छेउमा र हातमा चोट लागी गम्भिर अवस्थामा रहेका वाङसिनलाई उपचारको लागी जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको थियो । जिल्ला अस्पताल सिन्धुलीमा गरिएको सामान्य उपचार पश्चात् थप उपचारको लागि बा.प्र ०१– ०२५ च ८९०१ नम्बरको एम्बुलेन्सद्धारा जनपुर पठाई हाल यरबस मार्फत काठमाण्डौ तर्फ पठाउनको लागी पहल भईरहेको डिएसपी सूवेदीले बताउनुभयो ।

उहाँको अनुसार वाङसिन हिमालयन फुड चाइनिज कम्पनीका कामदार थिए । दुर्घटना पश्चात् क्रेन चालक पर्साको बिरगञ्जमा बस्ने ५३ वर्षिय सकिल मोहमद अंसारी भने फरार रहेको प्रहरीको भनाई छ । हाल फरार रहेका अंसारीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles