सिन्धुली – बागमती प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ ।
सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले चैत २३ गते प्रकाशन गरेको सूचना बमोजिम बैशाख २४ गते अर्थात भोली प्रदेशभरीका सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

२०८० साल बैशाख २४ गते प्रदेशले सरकारी कामकाजको भाषा सम्बन्धीको ऐन कार्यान्वयनमा ल्याइएको थियो । सोहि दिनको सम्झनामा बैशाख २४ गते दिवसको रुपमा मनाईदै प्रदेशभरि सार्वजनिक बिदा दिने गरिएको हो ।



