Friday, April 17, 2026

फिक्कलमा तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) २०८३ सञ्चालन हुने

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) २०८३ सञ्चालन हुनेभएको छ ।

गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशन गर्दै २०८३ साल बैशाख १ गतेका दिन फिक्कल गाउँपालिका ३ मा तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरुलाई यहि चैतको अन्तिम दिन अर्थात् चैत ३० गतेका दिन नाम दर्ता गराउनको लागि गाउँपालिकाले सूचना मार्फत आग्रह गरेको छ ।

पालिकाको ३ नम्बर वडा कार्यालय देखि फिक्कको चुचुरोसम्म सञ्चालन हुने उक्त प्रतियोगिता बिहान ठिक ७ बजेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ । पालिकाको अनुसार प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुले आफ्नो खान र बस्नको सम्पूर्ण व्यबस्था स्वयंले नै गर्नुपर्ने छ ।

तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

Hot Topics

Related Articles