Friday, April 17, 2026

फिक्कलमा चार नाल बेवारिसे भरुवा बन्दुक फेला

सिन्धुली – सिन्धुलीमा प्रहरीले बेवारिसे भरुवा बन्दुक फेला पारेको छ ।

मंगलबार जिल्लाको फिक्कल गाउँपालिका १ महादेब डाँडा स्थित दमार जङ्गलमा प्रहरीले बेबारिसे अवस्थामा चार नाल भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूेवेदीका अनुसार स्थानिय मार्फत भरुवा बन्दुकको बारेमा प्रहरी चौकी तोश्रामखोलामा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी तोश्रामखोलाबाट प्रहरी सहायक निरीक्षक उमा शंकर रामको कमाण्डमा ४ जनाको टोली घटना स्थलमा पुगेका थिए ।

उक्त स्थानमा पुगेर हेर्दा दमार बनमा पतकरले छोपेको अवस्थामा चार नाल भरुवा बन्दुक खाली अबस्थामा फेला परेको डिएसपी सूवेदीले बताउनुभयो । हालसम्म भरुवा बन्दुक कसको हो भन्ने नखुलेको हुँदा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles