Friday, April 17, 2026

कोशीमा दाउरा निकाल्ने क्रममा ८ वर्षीय बालकको डुबेर मृत्यु

सप्तरी । सप्तरीमा कोशीको बाढीमा आएको दाउरा निकाल्ने क्रममा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत –७ बस्ने सिताराम मुखियाको ८ वर्षीय छोरा विकास कुमार मुखिया रहेका छन् ।

सोमबार साँझ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित डल्बा मामा गणेश मुखियाको घरमा मामाघर आएका बालक विकासको कोशी नदीमा बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles