सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि १ अर्ब बढी बजेट ल्याएको छ । कमलामाईले ९ वटै स्थानिय तहहरु मध्ये सबैभन्दा धेरै १ अर्ब २९ करोड ५९ लाख ४० हजार १ सय ६० रुपैयाँ बजेट ल्याएको हो ।

कमलामाईले मंगलबार नगरपालिकाको १६ औं नगरसभा तथा अधिवेशनबाट उक्त बजेटको विवरण सार्वजनिक गरेको हो। गत वर्ष नगरपालिकाले १ अर्ब ४५ करोड ८९ लाख ५५ हजार रुपैयाँ बजेट ल्याएको थियो । यस वर्ष नगरले व्यवहारिक र प्राथमिकतामा आधारित रहेर बजेट सार्वजनिक गरेको छ जुन गत वर्षको तुलनामा करिब १६ करोडले कम रहेको छ ।

पहिलो बैठकमा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले नगर प्रमुख पोखरेलले विदेशबाट फर्केका युवाहरूलाई कृषि, रोजगार र व्यवसायमा प्राथमिकताका साथ आबद्ध गराउने गरी नीति तय गरिएको बताउनुभयो । नगरसभा तथा अधिवेशनमा नगरप्रमुख पोखरेलले आगामि वर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख मञ्जु देवकोटाले बजेट र कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।


