Friday, April 17, 2026

हरिहरपुरगढीमा सिलाई बुनाई व्यवसाय सम्बन्धी २ महिने सिप बिकास तालिम सञ्चालन

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिलाई बुनाई व्यवसाय सम्बन्धी २ महिने सिप बिकास तालिम सञ्चालन भएको छ । बागमती प्रदेश सरकार सामाजिक बिकास कार्यालय र हरिहरपुरगढी गाउँपालिकाको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर ७ क्वाटरमा सिलाई बुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिम सञ्चालन भएको हो ।

आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले तालिमको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तालिमबाट घरमै चुलोचौका,पानीपधेँरो,घाँसदाउरामै सिमित भएका गृहिणी महिलाहरुको लागि सिप सिकेर आत्मनिर्भर भई आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सधैँ श्रीमान अथवा परिवारमै निर्भर रहँदा महिला हिंसाको घटना घट्ने गरेको बताउनुहुँदै उहाँले महिलाहरुको माग अनुरुपको तालिम दिनको लागि गाउँपालिका तयार रहेको बताउनुभयो । क्रियाशिल भएर सिप सिक्नको लागि उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिकाले तालिमको लागि १० वटा सिलाई वुनाईको मेसिन उपलब्ध गराएको छ भने तालिममा सोहि स्थानका २२ जना गृहिणी महिलाहरुको सहभागिता रहनेछ ।

वडा नम्वर ७ का वडा अध्यक्ष बिच बहादुर मोक्तानको अध्यक्षतामा उद्धघाटन भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तान, प्रशासनीक इकाई प्रमुख लक्ष्मीश्वरी तुइतुई,वडा नम्बर ७ र ८ का निवर्तमान वडा अध्यक्ष,वडा सचिव लगायतको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles