Monday, April 13, 2026

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले बुद्ध एयरको विमानबाट काठमाडौैंबाट विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। 

पक्राउ परेका अलीसँग एक हजार रुपैयाँका चार सय ८४ थान र पाँच सय रुपैयाँका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धाज भइरहेको जनाइएको छ।

Hot Topics

Related Articles