Thursday, April 16, 2026

सप्तकोशी नदीमा हाम फालेका युवककाे प्रहरीद्वारा उद्धार

सप्तरी – सप्तकोशी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको  छ ।

झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट हिजाे बेलुका नदीमा हाम फाल्नु भएकाे थियाे। 

उहाँलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।

लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles