Sunday, May 3, 2026

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सिन्धुली – सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आइतबार ८ः३० बजेको समयमा मदनभण्डारी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ९ इनारपानीमा सिन्धुलीबाट दुधौली तर्फ जादैँ गरेको प्र.१–०५–००१ प ९५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ वृद्धाको मत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय कौशिला माया गिरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनभुयो । आफ्नै पसल अगाडी बसिरहेकी गिरीलाई अचानक मोटरसाइकल आई ठक्कर दिदाँ छातीमा चोट लागी अवस्था गम्भिर भएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी निजलाई तत्काल स्थानिय मेडिकलमा सामान्य उपचार गरि थप उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दीबास तर्फ पठाइएको थियो ।

तर राती ८ः५० बजेको समयमा गिरीको उपचारको क्रममा मृत्यु भएको डिएसपी सूवेदीले बताउनुभयो । निजको शव सोहि अस्पताल मै रहेको छ । हाल मोटरसाइकल र मोटरसाइकल चालक कमलामाई नगरपालिका ९ इनारपानीका ४० वर्षीय विदुर गुरुङलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles