Sunday, May 10, 2026

दुधौलीमा चट्याङ लागेर वृद्धको मृत्यु

सिन्धुली – सिन्धुलीको दुधौलीमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

शनिबार ५ः३० बजेको समयमा अबिरल वर्षा संगै परेको चट्याङले लाग्दा जिल्लाको दुधौली नगरपालिका ४ पाखा भित्ताका ७० वर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीका अनुसार बुढाथोकी आफ्नो घर देखि २०० मिटर दक्षिणमा रहेको मकै बारीमा घाँस काट्न गएका थिए ।

घाँस काटेर अबेरसम्म पनि घर नफर्किए पछि आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा राती ९ः४५ बजेको समयमा गम्भिर घाइते भएर ढलिरहेको अवस्थामा बुढाथोकीे फेला परेका थिए । निजलाई उक्त अवस्थामा देख्नासाथ स्थानियहरुले राती १० बजेको समयमा इलाका प्रहरी कार्यालय डकाहमा जानकारी गराएका थिए ।

प्रहरीका अनुसार खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरीहरु घटनास्थलमा गई निजलाई उपचारको लागि नगर अस्पताल सिर्थौलीमा पठाएको थियो । तर बोल्न पनि नसक्ने अवस्थामा रहेका बुढाथोकीको राती १०ः५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles