Friday, April 17, 2026

दुग्धजन्य परिकार बनाउने सीप विकास तालिम सम्पन्न

सिन्धुली – सिन्धुलीमाढीमा सञ्चालित दुग्धजन्य परिकार बनाउने ५ दिने सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

“सिप सिकौँ, रोजगार बनौँ” भन्ने नारा सहित कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिएको ‘दुग्धजन्य पदार्थलाई गुणस्तरीय बनाउन दुग्धजन्य परिकार बनाउने सीप विकास तालिम’ सम्पन्न भएको हो ।

गत २० गते देखि कमलामाई नगरपालिकाको ४ नम्बर वडामा सञ्चालन भएको उक्त कार्यक्रममा नगरपालिका भित्रका ९ जना युवाहरुको सक्रिय सहभागिता रहेको थियो । तालिम कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देवकोटाले सीपमूलक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने धारणा राख्नुभयो । दुग्धजन्य उत्पादनलाई व्यवसायिक रूपमा अगाडि बढाउन सकिने सम्भावना रहेकाले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै यसप्रकारका आयआर्जनका अवसर सिर्जना गर्न नगरपालिका सधै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

त्यस्तै यस्ता तालिमहरूले स्थानीय स्तरमा उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको सहभागीहरूलाई सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्नुभएको छ । तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले स्वरोजगारतर्फ अग्रसर हुनुपर्ने वडाअध्यक्ष ढकालले जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरूको लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles