Friday, April 17, 2026

घ्याङलेखमा पुरुष फुटबल र भलिबल प्रतियोगिता सञ्चालन हुने

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गाउँपालिका स्तरीय पुरुष फुटबल र भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । घ्याङलेख गाउँपालिकाको सहजीकरण तथा गाउँपालिकाको खेलकुद बिकास समितिको आयोजनामा यहि पुष १२ गते देखि १४ गते सम्म घ्याङलेख २ डुम्रि खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

गाउँपालिकाले गएको ३ गते सुचना प्रकाशित गर्दै प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमले यहि पुष १० गते भित्रमा नगरिकता वा जन्म दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको २ प्रति फोटो सहित गाउँपालिकाको खेलकुद विकास समितिको कार्यालयमा खेलाडीको विवरण पेश गर्नको लागि आवाहन गरिएको छ । खेलाडीको विवरण पेश गर्दा टिमको कोच सहित एक टिममा फुटबल तर्फ १५ जना र भलिबल तर्फ ११ जनाको विवरण बुझाउनु पर्ने छ ।

प्रतियोगिता खेल प्रचलित नियमअनुसार सञ्चालन गरिनेछ । खेल सञ्चालनका क्रममा उत्पन्न हुने विवादमा रेफ्री तथा व्यवस्थापकको निर्णय नै अन्तिम हुने उक्त सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागि प्रत्येक खेलाडीहरुले एकै किसिमको जर्सी लगाउनुपर्ने छ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुने खेलाडीलाई खेल्नेक्रममा चोटपटक लागेमा प्राथमिक उपचार मात्र आयोजकको तर्फबाट हुने छ भने अन्य थप उपचार स्वयम्ले नै गर्नुपर्ने आयोजनकले जनाएको छ ।

प्रतियोगितामा सहभागि भई पुरुष फुटबलतर्फ प्रथम, द्धित्तिय र तृत्तिय हुने टिमलाई क्रमशः रु.७० हजार, ४५ हजार र ३० हजार नगद सहित पुरस्कृत गरिने छ । यसैगरी भलिबलतर्फ प्रथम, द्धित्तिय र तृतिय हुने टिमलाई क्रमशः रु.४० हजार, ३० हजार र २० हजार नगद सहित पुरस्कृत गरिने गाउँपालिकाले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।

Hot Topics

Related Articles