Friday, April 17, 2026

५६ औँ स्थापना दिवसको अवसरमा (नेविंघ) ले ग¥यो वृक्षरोपण

सिन्धुली – नेपाल विद्यार्थी संग (नेविंघ) ले आफ्नो ५६ औँ स्थापना दिवसको अवसरमा वृक्षरोपण गरेको छ । २०२७ साल वैशाख ६ गते स्थापना भएको नेविसंघले ५६ औं स्थापना दिवसको अवसरमा सिद्धज्योती शिक्षा क्याम्पस प्रांगणमा बृक्षारोपण गरेको हो ।

केन्द्रिय कार्यसमितिको एक रन एक बोट कार्यक्रम अन्तर्गत देशै भर ३८७९ बिरुवा रोप्ने अभियान अनुसार क्याम्पसको प्रांगणमा २५ वटा विरुवा रोपिएको नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष भरत विकले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा नेपाल बिद्यार्थी संघ सिन्धुलीका अध्यक्ष भरत बिक को अध्यक्षता तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगर लगायत नेविसंघ तथा नेपाली कांग्रेसका नेता तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

साथै नेविसंघ सिन्धुलीले स्थापना दिवसको अवसरमा लोकतान्त्रिक चोक मा ५६ वटा मैन बालेर दिप प्रज्वलन गरी कार्यक्रम समापन गरेको छ ।

Hot Topics

Related Articles