Friday, April 17, 2026

युवा स्वयंसेवकका लागि डिजिटल पत्रकारिता तालिम सम्पन्न

मनिषा चौलागाई \ सागर पहाडी
सिन्धुली, १५ फाल्गुण । सामाजिक जवाफदेहितामा सक्रिय युवाहरुका लागि दुई दिने डिजिटल पत्रकारिता तालिम बिहीबार सिन्धुलीमा सम्पन्न भयो ।
कमलामाई र दुधौली नगरपालिकाका ७ पुरुष सहित २४ जनाको सहभागिता रहेको सो तालिममा डिजिटल विषयबस्तुको तयारी, फोटोग्राफी, भिडियोग्राफी, आचारंहिता, विषयबस्तु लेखन लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजक संस्था मानव विकास तथा राष्ट्रिय समाज नेपाल सिन्धुलीका कार्यक्रम संयोजक रोशन तिमिल्सिनाले जानकारी दिनुभयो ।


साझेदार संस्था प्लान इन्टरनेशनल नेपालका सञ्चार विज्ञ विभुराज आचार्य र रुपान्तरण नलेज हबका विनोद प्रसाद शर्माले सहजीकरण गर्नुभएको सो तालिमका क्रममा सहभागीहरुले तस्वीर, भिडियो र अन्य सञ्चार सामग्री तयार गर्नुभएको थियो ।


तालिम समापनका क्रममा सहभागी मनिषा चौलागाईले डिजिटल पत्रकारिताका सीपको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहभागी देवराज लामाले तालिमबाट सामाजिक प्लेटफार्मको संवेदनशील प्रयोगमा आफ्नो जिम्मेवारी बढेको बताउनुभयो ।
सहजकर्ता एवम् प्लान इन्टरनेशनल नेपालका मिडिया तथा सञ्चार विज्ञ विभुराज आचार्यले जिम्मेवारीपूर्ण नागरिक पत्रकारितामा क्रियाशील हुन सहभागीहरुलाई अनुरोध गर्नुभयो । युवाको क्षमता अभिवृद्धि र परिचालनमार्फत सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न सक्षम युवाहरुको महत्वपूर्ण भूमिका रहने समेत उहाँले बताउनुभयो ।

Hot Topics

Related Articles