Friday, April 17, 2026

बालविवाह सम्बन्धी कानुनी ज्ञान प्रवाह गर्ने उद्देश्यका साथ अन्तरक्रिया

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बालविवाह रोक्नको लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहिबार बालबिवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ स्थित मा.वि. कर्मिडाडाँ चिसापानीमा उक्त कार्यक्रमका साथै लागूपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिएको हो ।

बालविवाह सम्बन्धी कानुनी ज्ञान प्रवाह गर्दै समुदायमा सकारात्मक सोच विकास गर्ने उद्देश्यका साथ हरिहरपुरगढी गाउँपालिकाले यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रममा गाउँपालिकाका कानुनी सहजकर्ता लोक बहादुर गोलले बालविवाहको असर, त्यसविरुद्ध विद्यमान कानुनी व्यवस्था, बालविवाह रोकथामको उपाय तथा बालविवाहको बिषयमा प्रष्ट्याउनु भएको थियो । साथै प्रहरी चौकी गुर्जिका इन्चार्ज समसुदिन अंसरीले बालबालिकाहरुलाई लागूपदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक प्रशिक्षण गराउनु भएको थियो ।

वडा नम्बर १ का वडा सदस्य मायावती घलानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य, सोहि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, कानुनी सहजकर्ता ,गुर्जि प्रहरी चौकीका इन्चार्ज, गाउँपालिकाका महिला, बालबालिका प्रमुख लगायत बालबालिका,अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles